Pages

Ads 468x60px

Labels

  • बिनोद बानिया। (1)
Showing posts with label बिनोद बानिया।. Show all posts
Showing posts with label बिनोद बानिया।. Show all posts

बिनोद बानिया।

एउटा स्कुले ठिटो हाईइस्कुल पास गरेर गाउबाट सहर छिर्छ । अनि +2 को अध्ययन पुरा गरेर गुणस्तरीय उच्च शिक्षा हासिल गर्ने सपना बोकेर विदेश अध्यान गर्न नया सपना अनि नया उमंग क साथ युरोप को केन्द्र बेलायत को राजधानी सहर लन्डन तिर हानिन्छ । विदेश मा सिकेको ज्ञान अनि सिप ले आफ्नो राष्ट्र मा गएर केहि गर्ने अठोठ उसले बोकेको छ, जसको हामी सबै ले प्रसंसा गर्नै पर्छ । उसको राजनीतिमा चासो छैन, तर पनि राजनीति प्रति सचेत छ । आफ्नो राष्ट्र को दुराबस्ता र फोहोरी राजनैतिक खेल ले उसको मन खिन्न छ  अनि सदैब आफ्नो देश कहिले युरोप जस्तो होला भनेर सपना बुन्दै बस्छ। कहिले त राम्रो समाचार आउला कि भनेर उ सदैब समाचार हेर्छ तर, जहिले पनि दिक्क र वाक्क लाग्ने समाचार ले उसको मन बिचलित हुन्छ, अनि उसको मनमा अनकौ प्रश्न हरु खेल्न थाल्छन । तर पनि एक सचेत नागरिक को हैसियत ले आफ्नो तर्फबाट राष्ट्र को सेवा मा सदैव तल्लिन छ । उसका अनकौ उत्तरदायित्व छन्, परिवार प्रति, आफ्नो अध्यन प्रति, आफ्नो भबिस्य प्रति, अनि आफ्नो समाज र राष्ट्र प्रति । राष्ट्र प्रति को भवना ले उ सदैव ऒतप्रोत छ । त्यो इस्कुले ठिटो हो, बेनी घर भई हाल बेलायत लण्डन मा अध्यानरत एउटा स्कुले ठिटो बिनोद बानिया। बिनोद आधुनिक नेपाली समाज को एउटा प्रतिनिधि पात्र हो । नया नेपालको निर्माण, चर्का र चिल्ला भासण ले हुने सक्दैन। संसार घुमेका हाम्रा नेता र नेपाल सरकार का सबै प्रतिनिधि हरुलाई चतेना भया । खै के चाही गरेर देखायौ नेपाल मा संसार का देशहरु घुमेर, के चाही सिकेर आयौ अनि नेपाल मा तेस्लाई लागु गरेउ । अरु केहि गर्न न सके पनि चिल्ला गाडीहरु चद्न र राजधानी मा महल ठड्याउन त सिकेका छौ नि तिमीहरु ले, धिक्कार छ तिमीहरुलाई, राष्ट्र प्रेम को खोक्रो छाला ओढ्ने ढोंगी राष्ट्र प्रेमी हरु लै। अनि लाखौ लाख सलाम छ भाई बिनोद बानिया लाई, तिम्रो कदम को हामी प्रसंसा गर्छु, अनि लाखौ लाख सुभकामना, तिम्रो हरेक कार्य मा सफलता ले चुमोस, अनि तिमि जस्ता लाखौ अनि करोडौ बिनोद हरु जन्मियून हाम्रो राष्ट्र मा।
बिनोद बानिया भाई ले के गरे, जान्न कृपया तल को भिडियो हेर्नुस 

गणेश पाण्डेय, लण्डन